जेष्ठ ६, २०८१ आईतबार

सीसी क्यामेरा उपयोगी बनाऊ

सम्पादकीय
अहिलेको समय प्रविधिको छ । प्रायःसबै क्षेत्रमा अहिले प्रविधिको उच्चतम प्रयोग गर्न थालिएको छ । त्यसैमध्येको एउटा क्षेत्र हो, सुरक्षा । सुरक्षाका लागि पछिल्लो समय सीसी क्यामेरा प्रयोगमा ल्याउन थालिएको छ । सार्वजनिक स्थलदेखि व्यापार व्यवसाय र घरघरमा समेत सीसी क्यामेराको प्रयोग गर्न थालिएको छ । स्थानीय तह र प्रदेश सरकारले समेत सुरक्षाका निमित्त सीसी क्यामेरा जडानमा सहयोग गर्न थालेका छन् । प्रदेश १ सरकारले समेत विभिन्न जिल्लामा शान्ति सुरक्षाका लागि सीसी क्यामेरा जडानमा ठुलो खर्च गर्दै आइरहेको छ ।

झापाको बिर्तामोडमा अहिले करिव १ सय वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसका लागि समुदाय, स्थानीय सरकार र प्रदेश सरकारको समेत सहयोग छ । प्रदेश सरकारको सहयोगमा १६ वटा सीसी क्यामेरा जडान गरिएका छन् । बिर्तामोडमा प्रहरी कार्यालयको कार्यक्षेत्रभित्र १ सय क्यामेरामध्ये ६ वटा सञ्चालनमा छैन । क्यामेरा सञ्चालनमा नहुँदा त्यसक्षेत्रमा हुने संभावित दुर्घटनाको अनुसन्धानमा कठिनाई हुने निश्चित छ । प्रहरीले कुनै पनि घटनाको अनुसन्धान गर्दा सीसी क्यामेराको सहयोग लिइरहेको छ । वास्तवमा यो, प्रभावकारी पनि छ ।

चोरी, डकैती, ठगी , सडक दुर्घटना भएको खण्डमा सीसी क्यामेराको सहयोगमा संलग्नहरुको पहिचान गर्ने गरिएको छ । गत वर्ष बिर्तामोडमा भएको सुन चोरीको घटनामा संलग्नलाई पनि सीसी क्यामेराको फुटेजकै आधारमा तत्काल पक्राउ गरिएको थियो । समग्रमा, अनुसन्धानका लागि सीसी क्यामेरा प्रभावकारी भएको हुँदा सबैले क्यामेरा नभएको ठाउँमा जडान गर्न पहल गरौं । बिर्तामोडका विभिन्न भित्रि गल्लीहरुमा समेत क्यामेराको अभाव छ । नाइटभिजनका क्यामेरा भए पनि सडकवत्तीको समस्याका कारण क्यामेराको उपयोग हुन सकेको छैन । दिउँसो राम्रैसँग काम गर्ने भए पनि राती क्यामेरा प्रभावकारी भइरहेको छैन । यसैले सम्बद्ध सरोकार पक्षले सीसी क्यामेराको मर्मत, सडकवत्तीको समस्या समाधान र नभएका ठाउँहरुमा जडानका लागि पहल गरोस् ।

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]