बैशाख २१, २०८१ शुक्रबार

मेचीनगरमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु

मेचीनगर । मेचीनगर नगरपालिकामा सोमबारदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । ‘दिगो शान्तिका लागि, उन्नत सम्बन्ध’ भन्ने मुल नाराका साथ नगरपालिकाले मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन गरेको हो ।

न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले न्यायिक कार्य सम्पादनमा मेचीनगर अगाडि नै रहेको कताकी छिन् । उनले तालिमले आगामी दिनमा नगरका प्रत्येक वडामा अझ न्याय सम्पादनमा टेवा पुग्ने बताइन् ।

त्यस्तै कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र कुमार धिमाललगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहजीकरण रहेको तालिममा नगरका पन्द्रवटै वडाबाट छनोट भएका ३५ जना प्रशिक्षार्थी सहभागी भएका मेचीनगर न्यायिक समिति अधिकृत इन्दिरा खरेलले बताइन् ।

तालिममा प्रशिक्षकको रुपमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी स्रोत व्यक्ति संगिता थापाको उपस्थिति रहेको थियो ।

न्यायिक समिति सदस्य हरि नारायण न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका छन् ।सोमबारबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]