बैशाख २१, २०८१ शुक्रबार

बसले किच्दा ग्यारेजका मजदुर घाइते

काँकरभिट्टा । ग्यारेजबाट राजमार्गमा जाँदै गरेको बसले किच्दा ग्यारेज मजदुर घाइते भएका छन् ।

आज अपरान्ह साढे ३ बजेतिरेको मेचीनगर–६ काँकरभिट्टाको कालीखोला पुल पश्चिम ग्यारेजबाट राजमार्गतर्फ जाँदै गरेको मे १ ख ३०८३ नम्बरको रातो बसले २२ वर्षीय जीवन बर्मनको दुबै खुट्टामा किचेको थियो ।

स्थानीय यातायात व्यवसायी तथा मजदुरहरुले एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारका लागि बीएन्डसी हस्पिटल पठाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार ग्यारेजबाट बाहिरिदै गरेको सो बसलाई गाडीका चालकले ठेल्न अह्राएका थिए । विस्तारै गुडिरहेको बसलाई ठेल्दा अचानक बर्मनको खुट्टा चक्कामा परेको थियो ।

बसलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बसका चालक फरार भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]