बैशाख २१, २०८१ शुक्रबार

‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’

विराटनगर । प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ ।

मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गर्नु भएको हो । यसैगरी सडक बालबालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गर्नुभएको छ ।

भोजपुरमा रहेको सगरमाथा नमूना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले समानुपातिक विकासको अवधारणालाई अगाडि बढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राख्नुभयो ।

उहाँले कुनै पक्षपात विना मन्त्रालयको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]