बैशाख ७, २०८१ शुक्रबार

सम्पादकीय : विलासी नेता नबन्नु

चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमणको क्रममा सार्वजनिक गरेको धारणामध्ये आम नागरिकको मानसपटलमा विलासी जीवनबारेको धारणा हेक्काम राखेका छन् । नेताले विलासी जीवन रोज्न नहुने सिको धारणाले आम नेपाली नागरिकको मन छोयो । नेपाली नागरिकको मनमा यो धारणा बस्नुको मुख्य कारण भनेको यहाँको नेताको मुल लक्ष्य नै विलासीता भएले हो । विलासी जीवनले मुलुकमा नागरिकमैत्री वातावरण निर्माण गर्दैन । विभिन्न आन्दोलनबाट नेतृत्वमा पुगेको नेताले देखाउने विलासिताले नागरिक आजित छन् । जसको हिसावकिताव चुनावमा गर्दैछन् । देशको विकास निर्माणलाई मुख्य प्राथमिकता दिनु पर्ने भएपनि विलासी जीवन नेताको रोजाईमा परिरहेको हुन्छ ।

सानदार क्वाटर, चिल्ला गाडि र राम्रो सुरक्षा व्यवस्था यहाँको नेताहरुको आकांक्षा हुनेगर्छ । तर, जनमैत्री राजनीतिमा यो सुहाउँदिलो हुदैन । राजनीति जनताको निम्ति हो वा व्यक्तिगत जीवनको लागि भन्ने हेक्का नराख्ने नेतालाई सि को धारणाले छोएको हुनुपर्छ । मोवाइल खर्च मात्र होइन, मोवाइल पनि सरकार कै चलाउन खोज्ने यहाँको नेतृत्वमा आचरण सुधारण अपरिहार्य भइसकेको छ । घरको गाडि बेचेर सरकार कै गाडि प्रयोग गर्ने त अनगिन्ती नै छन् । जनताको सामान्य जीवन सञ्चालनमा नै कठिनाई छ । उनीको आर्थिक सुधारमा चासो छैन । तर, आफ्नो विलासिता प्राथमिकता मै हुने गर्छ ।

हरेक नेतालाई आचरणको कारण जनताले मन पराउने हो । एउटा कर्मचारीबाट विश्वको शक्तिराष्ट्र चिनको राष्ट्रपति बन्ने कुरा असामान्य छ । त्यो पनि आचरण कै प्रभाव हो । तर, नेपाली समाजमा सामान्य जीवन अंगाल्दा कमजोर भइन्छ भन्ने बुझाई विकास भएको छ । अबको दिनमा नागरिकले आचरण कमजोर भएका नेतृत्वसँग मज्जाले हिसाव गर्न सक्नुपर्छ । हिसावको समय भनेको निर्वाचन नै हो । सि को नेपाल भ्रमणबाट नेपाली नेतृत्वले पक्कै ज्ञान हासिल गरे । अबका दिनमा राज्यको दोहन रोक्नैपर्छ । ठुलो लगानी नै नेतृत्वको विलासितामा खर्च भइरहेको यो अवस्थाबाट समृद्धि संभव हुदैन । समृद्धिको लागि सबैले विलासी जीवन त्याग गर्न सिकौं ।

प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]