चैत्र ६, २०८० मंगलबार

अनेरास्ववियु झापाको प्रेस विज्ञप्ति

संघर्षको मैदानबाट जिन्मएको हाम्रो विधार्थी संगठन अनेरास्ववियु संगठन मात्रै नभएर शिक्षामा देखिएका तमाम विकृति विसंगतिका विरुद्धमा लड्ने संगठित आन्दोलनको अर्को नाम भएको सर्वविदितै छ । जस्तोसुकै अवस्थामा पनि हाम्रो संगठनले विधार्थीहरुको हकहितको पक्षमा संघर्ष गर्दे आएको दृष्टान्तहरु इतिहासमा सुरक्षित छन् । हामी विधार्थी आन्दोलन प्रति आज पनि उत्तिकै प्रतिवद्ध छौ । अनेरास्ववियु झापा नेपालको हरेक राजनीतिक, शैक्षिक विकृति विसंगति विरुद्धको आन्दोलनमा आफुलाई सदैव अग्रस्थानमा राखी विधार्थीको अधिकारको निम्ति संघर्षरत रहेका अवगत गराउँदछौ ।
नयाँ शैक्षिक वर्ष सुरु भइरहेको अवस्थामा केहिदेखि झापा अर्जुनधारा –६ मा रहेको श्री लक्ष्मी माविको सन्द

संघर्षको मैदानबाट जन्मिएको हाम्रो विधार्थी संगठन अनेरास्ववियु संगठन मात्रै नभएर शिक्षामा देखिएका तमाम विकृति विसंगतिका विरुद्धमा लड्ने संगठित आन्दोलनको अर्को नाम भएको सर्वविदितै छ । जस्तोसुकै अवस्थामा पनि हाम्रो संगठनले विधार्थीहरुको हकहितको पक्षमा संघर्ष गर्दे आएको दृष्टान्तहरु इतिहासमा सुरक्षित छन् । हामी विधार्थी आन्दोलन प्रति आज पनि उत्तिकै प्रतिवद्ध छौ । अनेरास्ववियु झापा नेपालको हरेक राजनीतिक, शैक्षिक विकृति विसंगति विरुद्धको आन्दोलनमा आफुलाई सदैव अग्रस्थानमा राखी विधार्थीको अधिकारको निम्ति संघर्षरत रहेका अवगत गराउँदछौ ।

नयाँ शैक्षिक वर्ष सुरु भइरहेको अवस्थामा केहिदिन देखि झापा अर्जुनधारा –६ मा रहेको श्री लक्ष्मी माविको सन्दर्भमा आइरहेको समाचार प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । एउटा शैक्षिक संस्थामा भइरहेको विवादले विधालयको स्थिति तनाव ग्रस्त बन्दै जानु दुःखद् हो । हामी विधार्थीको भविष्यप्रति सचेत छौ । विधालय प्रशासनको कारण भइरहेको तनावले विधार्थीको भविष्यमाथि खेलवाड भइरहेको हाम्रो बुझाई छ । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको मनपरीले विधालय लामो समयदेखि तहसनहन भइरहेको छ । पछिल्लो समय विधालयका अभिभावक , चन्दादाता, शुभचिन्तक र पूर्व विधार्थीले जायज माग सहित गरिरहेको आन्दोलनमा हाम्रो ऐक्यवद्धता रहेको यसै प्रेस विज्ञप्ति मार्फत आम नागरिकमा जानकारी गराउँदछौं ।

सो विधालयको सहायक प्रधानाध्यापक घनश्याम डाँगीले गत वर्षको कक्षा ११ को परीक्षामा सहभागी नभई उत्कृष्ट अंक ल्याएको तथ्य सार्वजनिक भइसकेको छ । आम विधार्थी र तत्कालिन निरिक्षकले परीक्षा हलमा नबसी परीक्षा दिएको विषय गम्भीर र शिक्षा क्षेत्रको विकृति हो । विधालय भित्र मनपरी गर्ने छुट कसैलाई छैन । र, विधालयलाई बचाउँने दायित्व हामीसँग पनि छ । सहायक प्रधानाध्यापक डाँगीको परीक्षाका विषयमा गहिरो अनुसन्धानको माग गर्दछौ । विधालय भित्र भइरहेको विवादलाई लिएर कुनै पनि राजनीतिक दललाई हस्तक्षेप नगर्न सचेत गराउँदछौ । विधालयभित्र राजनीति गर्ने दुस्साहास भएमा त्यसको कडा प्रतिकार गरिनेछ ।

अन्त्यमा, विधालयभित्रको विवाद समाधान गर्न र विधालयका विवादित प्रधानाध्यापक, सहायक प्रधानाध्यापक दुवैलाई कारवाही गर्न आम सरोकारवाला समक्ष जोडदार माग गर्दछौ । संगठनको मागलाई वेवास्था गरेमा सशक्त आन्दोलनमा उत्रिने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी संगठन नहुने जानकारी गराउँदछौं ।

अध्यक्ष : मनोज ताम्ली
अनेरास्ववियु (क्याम्पस) झापा
……………..
अध्यक्ष : दुर्गा धमला
अनेरास्ववियु (भुगोल) झापा

प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]