बैशाख १७, २०८१ सोमबार

अखिल क्रान्तिकारीले तोक्यो सातै प्रदेशको इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार सातै वटा प्रदेशमा इन्चार्ज तोकिएको छ । अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव लक्षित गर्दै सातै प्रदेशको इचार्ज तोक्दै कार्यविभाजन गरेको छ ।

अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियु चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्नेमा विवाद हुँदा सम्मेलन भएको लामो समयसम्म कार्यविभाजन भएको थिएन ।

प्रदेश १ को इन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् । त्यसै गरी मधेश प्रदेश इन्चार्जमा अनिल भगत, विशेष प्रदेश ईन्चार्जमा पर्सुन कार्की, बागमती ईन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी ईन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भिम भट्ट तोकिएका छन् ।

विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी पाएका छन् ।

त्यस्तै केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् ।

अखिल क्रान्तिकारीले स्ववियु चुनाव हुने त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा चुनावी कमाण्डर समेत तोकेको छ ।

प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार  २ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]