बैशाख १३, २०८१ बिहीबार

प्रतिबन्धित लागु औषधीसहित एकजना पक्राउ

झापा । मंगलबार प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भद्रपुर ५ स्थित मेचीपुलमा भारताबाट नेपाल ल्याउँदै गरेको डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुलसहित अन्दाजी ३२ वर्ष उमेरका सन्तोष विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक तथा सुचना अधिकारी वसन्त पाठकले जानकारी दिएका छन् ।

पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको सुचना अधिकारी पाठकले जानकारी दिए ।

प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]