बैशाख २१, २०८१ शुक्रबार

फिदिम नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने

फिदिम। पाँचथरको फिदिम नगरपालिकाले आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो ।

नगरपालिकाले चालु शैक्षिक सत्र भित्रै पाठ्यक्रम निर्माण सकेर नया शैक्षिक सत्रको सुरुवातदेखि लागु गर्ने तयारी गरेको शिक्षा युवा तथा खेलकुदा शाखा अधिकृत निर्मला दाहालले बताएनुभयो । यस क्रममा शिक्षा शाखाले स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान र उद्देश्य निर्धारणका लागि स्थानीय सरोकारवालाहरुसँग छलफल र सुझाव संकलन गरेको छ ।

स्थानीय आवश्यकता,सम्भावना र स्थानीय स्रोत साधन तथा स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको पनि निर्मला दहालले बताउनुभयो । दहालका अनुसार पाठ्यक्रममा केन्द्रिय पाठ्यक्रमले नसमेटेका विषयसँगै कृषि, रैथाने तरकारी खेती, वनस्पतिजन्य वस्तुहरु, भाषा लिपि, जातिगत विविधता, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थलको परिचय, स्थानीय शासन व्यवस्था, प्रविधिको सुरक्षित प्रयोग लगायत महत्वपूर्ण विषयहरु समेटिनु पर्ने स्थानीय सरोकारवालाहरु सुझाव रहेको छ ।

पाठ्यक्रम निर्माण पुर्व तयारीका लागि भाषाविद हरिचन्द्र लावतीको संयोजकत्वमा समिति पनि निर्माण गरिएको छ । समितिमा रानिटार माविका प्रधानाध्यापक भक्तवहादुर राई, सरस्वती मावि चोकमागुका वासुदेव ढुंगाना, सिद्धदेवी मावि नागीनका रुपनारायण चापागाई, महादेव गुप्तेश्वर माविका कमल वास्कोटा र शिक्षा अधिकृत निर्मला दहाल सहितको ६ जना सदस्य राखिएको छ । -गोरखापत्र

प्रकाशित मिति : माघ १८, २०७९ बुधबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]