बैशाख २६, २०८१ बुधबार

त्रिविको निर्णय विरुद्ध मेची क्याम्पसमा तालाबन्दी

भद्रपुर । त्रिभुवन विश्वविद्यालयले नियम विपरित स्नातक चौथो वर्षको परीक्षाको मिति सार्वजनिक गरेसँगै देशभरका विद्यार्थीहरु आन्दोलित बनेका छन् । त्रिविको यसै निर्णय विपरित बिहीबार भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले ताला लगाएका छन् ।

विद्यार्थीहरुले त्रिविले अतिनै गैरजिम्मेवार भएर स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको बताएका छन् । उनीहरु भन्छन् ‘विश्वविद्यालयको आफ्नै आचारसंहिता बिपरितको तालिका विद्यार्थीको भविष्यप्रति प्रतिकुल असर गर्ने खालको छ ।’

सामान्यतः त्रिविले परीक्षा फारम खुलेको पैतिस दिनपछि एक महिना समय दिएर निकाल्ने परीक्षा तालिका सार्वजनिक गर्ने नियम रहेको छ । तर यो पटक त्रिविले चैत ५ मा स्ववियु चुनाव गर्ने तयारी गरिरहेको हुनाले परीक्षा फारम खुलेको तीन दिन भित्रै सार्वजनिक गरिएको छ ।

विद्याथीहरुले प्रकाशित तालिका पनि त्रुटिपूर्ण र अवैज्ञानिक रहेको बताएका छन् । उनीहरु भन्छन् ‘तालिका परीक्षामा तयारी गर्न एकदमै असज हुने किसिमको छ ।’

 

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]