बैशाख २३, २०८१ आईतबार

जिल्लामै पहिलो पटक डिजिटल हाजिरी जवाफ सम्पन्न

 मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पसमा स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनामा झापा जिल्लामै पहिलो पटक अन्तर कक्षा डिजिटल हाजिरी जवाफ सम्पन्न भएको छ ।

‘को बन्छ करोड पति ?’कार्यक्रमको जस्तै गरि सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न चरणमा सम्पन्न भएको थियो । सिलसिलबद्दा तरिका आफैं प्रश्न नम्बर आउने र प्रश्न डिसप्ले हुने बितिक्कै आफै टाइमर सुरु हुने त्यो कार्यक्रममा सही उत्तर आएपछिमा हरियो बत्ती बल्ने गर्दथ्यो ।

क्याम्पस प्रमुख माधव प्याकुरेलको प्रमुख अतिथ्यितामा सम्पन्न भएको क्विज प्रतियोगितामा बिबिएस दोस्रो बर्षका देवराज नेपाल, प्रतिभा ढकाल र भोला दाहालले प्रथम स्थान हासिल गर्नु भयो भने बि.बि.एस. प्रथम बर्ष नयाँबाट समीर मिश्र, नबिना खतिवडा र जनक अधिकारी दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

कार्यक्रममा प्रथम पुरस्कार नेबि सङ्घ त्रिदेवले, दोस्रो पुरस्कार अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीले प्रदान गरेको थियो भने तेस्रो पुरस्कार त्रिदेव कला साहित्य समाजले प्रायोजन गरेको सर्कलले जनाएको छ ।

कार्यक्रममा क्विज मास्टरका रुपमा एस.क्यु.सी. संयोजक उत्सव भट्टराईले यस्तो प्रणालीबाट जिल्लामै पहिलो पटक क्विज भएको बताएका छन् ।

 

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]