बैशाख ७, २०८१ शुक्रबार

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

शिवसताक्षी । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

उहाँका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।

प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]