चैत्र ८, २०७९ बुधबार

सहाराको सामाजिक काम देखेर प्रभावित भए : मन्त्री गिरी

कनकाई । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सहारा नेपालले सामाजिक रुपमा गर्दै आएको काम राष्ट्रकै लागि गौरवपूर्ण भएको बताएका छन् ।

सहारा नेपालले आज झापाको कनकाईस्थित जामुनखाडीमा आयोजना गरेको दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मन्त्री गिरीले सहकारीको माध्यमबाट सहाराले प्रभावकारी रुपमा सामाजिक उत्तरदायित्वको काम गरिरहेको बताए । सहकारीहरु सदस्यको आत्मविश्वासले मात्रै प्रगतिको बाटो जाने उनको भनाई थियो । उनले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा सहाराले गरिरहेको कामबाट आफु प्रभावित भएको धारणा राखेका छन् । राज्यले कतिपय अवस्थामा सहजै गर्न नसकेका कामहरु सहाराले गरिरहेको भन्दै उनले थप प्रगतिको कामना गरे ।

दशौं विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री गिरीले नयाँ सरकार आम नागरिकले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा महसुस गर्ने गरी काममा लागेको बताए । ‘स्वास्थ्य क्षेत्रमा व्यापक समस्याहरु छन्, त्यसको सुधारमा सरकार सक्रिय छ’, मन्त्री भन्छन्, – गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा प्रतिवद्ध छौं ।

मन्त्री गिरीले स्वास्थ्य वीमा कार्यक्रमको आवश्यक व्यवस्थापनलाई पनि प्राथमिकतमा राखेको बताएका छन् । घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता, गुणस्तरहीन स्वास्थ्य सेवाको अन्त्य गरेर स्वास्थ्य सेवालाई चुस्त बनाउने उनको प्रतिवद्धता थियो । जनताले शिक्षा, स्वास्थ्य र रोजगारी नपाएसम्म परिवर्तनको महसुस गर्न नसक्ने उनको भनाई थियो ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ३ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास