चैत्र ८, २०७९ बुधबार

सहकारी क्षेत्रमा सहारा देशकै नेतृत्वदायी संस्था : मन्त्री सिटौला

कनकाई । प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सहारा नेपालको कामले राष्ट्रिय पहिचान बनाएको बताएका छन् । समग्र आर्थिक क्षेत्र समस्यामा हुँदा पनि सहाराले वित्तीय कारोवारसँगै सामाजिक योगदान गरिरहेको उनको भनाई छ ।

आज झापाको कनकाईस्थित जामुनखाडीमा सहारा नेपालले आयोजना गरेको दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मुलुकमै सहारा नेतृत्वदायी संस्थाको रुपमा स्थापित भएको बताए । सहाराले पनि आफ्नो सुरक्षाका लागि आवश्यक छलफल, समीक्षा गर्न आवश्यक रहेको मन्त्री सिटौलाको भनाई छ । उनले आर्थिक क्षेत्रमा धेरै जोखिम पनि हुने भएकाले आवश्यक सुरक्षाका लागि समीक्षा जरुरी रहेको बताए । उनले सहारासँग हातेमालो गर्दै अघि बढ्ने धारणा राखेका छन् ।

मन्त्री बनेपछि उनले सहकारी संस्थाहरुको बारेमा थप जानकारी लिएको बताएका छन् । उनले प्रदेशका सहकारी संस्थाहरुको नियमन र अनुगमन आवश्यक देखिएको बताए । मन्त्री सिटौलाले भने, कतिपय सहकारीका कारण वेतिथी समेत बढिरहेको छ । परिवारभित्रबाटै सञ्चालित सहकारीहरुका कारण ठुलो शोषण समेत भइरहेको पाएको छु । उनले परिवारको नीजि फाइदाका लागि सहकारीहरु स्थापना गरेको पनि भेटेको मन्त्री सिटौला बताउँछन् ।
प्रदेशमा रहेका अधिकांश सहकारीहरुको नियमनका लागि प्रदेश सरकार छुट्टै योजनाका साथ क्रियाशिल हुने बताए ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास