चैत्र ८, २०७९ बुधबार

अन्त्येष्टिका लागि लगेको शिशुको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा

काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो ।

तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास