बैशाख ७, २०८१ शुक्रबार

प्रदेश १ मा प्रदेश निजामती अध्यादेश पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ८१(४) बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

सङ्घीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न सो अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रष्ट पार्नुभयो । यसैगरी, प्रदेशसभा नियमावली, २०७४( पहिलो संशोधन समेत)को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यको विवरणसहित प्रदेशसभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गर्नुभयो ।

आठ मिनट चलेको सदनमा तीन मिनेटपछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापत्ति जनाउनुभएको थियो । उहाँले जनताको समस्या अवगत गराइने शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाउनुभयो । प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह १ बजे बस्नेछ ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]