चैत्र १५, २०८० बिहीबार

विद्यार्थीले गरे किच्चक बधको सरसफाइ

भद्रपुर । आइतबार किच्चक बध धार्मिक क्षेत्रमा लागेको भब्य मेलाको फोहाेर भद्रपुर ४ मा अवस्थित ईस्ट पोईन्ट अङ्ग्रेजी विद्यालयका बालबालिकाहरुले सरसफाइ गरेका छन् । विद्यालयको बाल कल्बको नेतृत्वमा विद्यार्थीहरुले उक्त क्षेत्रको सरसफाइ गरेका हुन् ।

आइतबार किच्चक बध क्षेत्रमा लागेको मेलाले त्यस परिसरमा फोहोर हुने भएको थियो विद्यार्थीहरुले सोही फेहोर मैला सरसफाइ गरेका हुन् । फेहोर भएको किच्चक बध क्षेत्रको सरसफाइ गर्न दशै बजे विद्यार्थीहरु उक्त क्षेत्रमा पुगेकन थिए ।

किच्चकबध धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण समितिले विद्यालयलाई धन्यवाद दिदै, फोहोर संकलन गर्न बोरा तथा डस्बिन उपलब्ध गराएको थियो ।

ईष्ट पोईन्ट बालकल्बकी अध्यक्षले धार्मिक तथा पर्यटकीय स्थलको सरसफाइ गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गरिन् । विद्यार्थीहरुले पर्यटकीय क्षेत्रको सरसफाइले गर्न पाएको खुसी व्यक्त गरे ।

सरसफाइको सहजीकरण विद्यालयका शिक्षक दुर्गा पौड्याल र बिकास तिम्सिनाले गरेका थिए । साथै उनीहरुले विद्यालयका बाल कल्बले अन्य यस्तै र सचेतना कार्यक्रम गर्नुपर्ने जसले सार्वजनिक क्षेत्रमा सहयोग पुग्ने बताएका छन् ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]