बैशाख २८, २०८२ आईतबार

तेजस्वी कम्प्युटरको सेवा नयाँ ठाउँबाट

बिर्तामोड । झापाको बिर्तामोडस्थित काँकरभिट्टा रोडमा सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टले बुधवारदेखि भद्रपुर रोडबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको छ । यसअघि प्रभु बैकको माथिल्लो तलामा तेजस्वी कम्प्युटर सपोर्ट सञ्चालनमा थियो ।

फराकिलो भवनमा नयाँ संरचना र सुविधासहित व्यवसायिक कारोवार सुरु गरिएको तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेले बताए । नयाँ संरचनासहितको सपोर्ट सेन्टरको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले उद्घाटन गरेका छन् ।

पर्याप्त स्थान अभावका कारण साँघुरो ठाउँमा तेजस्वी कम्प्युटर सपोर्ट सञ्चालन हुँदै आएको थियो । अब भने फराकिलो र आकर्षक सजावटका साथ सञ्चालनमा ल्याइएको छ । करिव दुई करोड रुपैयाँको लगानीमा नयाँ ढंगले व्यवसाय सुरु गरिएको सञ्चालक घिमिरेले बताए ।

तेजस्वी कम्प्युटर सपोर्ट सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा रहिआएको छ । होम एप्लाइन्सेसहरु सान्सुई, पानासोनिक र केन् आरओको पनि तेजस्वी कम्प्युटर सपोर्ट आधिकारिक विक्रेता हो ।

सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजनको नेपालका लागि आधिकारिक वितरक म्याक्सीमा मल्टिनेशनल ट्रेडिङका सञ्चालक अध्यक्ष प्रमुख कार्यकारी अधिकृत मनिकुमार तामाङको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा कम्पनीका निर्देशक प्रमोदकुमार अधिकारी र सञ्चालक कमल तामाङ लगायतको आतिथ्य रहेको थियो ।

तेजस्वी कम्प्युटर सपोर्टको व्यवसायिक साझेदारको रुपमा प्रथम आइटी सिस्टम पनि रहेको छ । कार्यक्रममा हिक भिजन चाइनाबाट आएका च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, टेक्निकल इञ्जिनियर सुप्रीम कोइराला, मार्केटिङ म्यानेजर अमर पुडासैनी लगायतको आतिथ्य रहेको थियो ।

 

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]