चैत्र १५, २०८० बिहीबार

गौरीगञ्ज घटना : कुटपिटका कारण विद्यार्थीले आत्महत्या गरेको आरोप, शिक्षक नियन्त्रणमा

गौरीगञ्ज । झापाको गौरीगञ्जमा कक्षा ११ मा अध्ययनतर एक छात्राले आत्मत्या गरेपछि बुधबार दिनभर सो क्षेत्र तनावग्रस्त भएको छ । कुटपिट गरेकै दिन छात्राले आत्महत्या गरेपछि परिवारले शिक्षकका कारण आत्महत्या गरेको दावी गरेको छ ।

मंगलबार साँझ गौरीगञ्ज माविको कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज –३ कृपालटोलीकी सोनी राजवंशीले झुण्डिएर आत्महत्या गरिन् । विधालयबाट घर फर्के लगत्तै उनी घरमा झुण्डिएर आत्महत्या प्रयास गरेपछि उनलाई तत्काल उद्धार गरी मंगलबारे अस्पताल लगिएको थियो । अस्पताल पुराए लगत्तै उनलाई मृत घोषणा गरिएको परिवारले जनाएको छ ।

शिक्षक पवन दासले विधार्थी राजवंशीलाई कुटपिट गरेको अन्य विधार्थीहरुले जानकारी दिए । विधालय परिसरमा छात्र साथीहरुसँग बसिरहेको बेला शिक्षक दासले उनलाई कुटपिट गरेको उनका साथीहरु बताउँछन् । शिक्षक दासले कुटपिट गरेको भिडियो नितेश कटुवालले कैद गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा हालिदिने डरले आत्महत्या गरेको परिवारको दावी छ ।

राजवंशीको परिवारले बुधबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा कुटपिट गर्ने शिक्षक विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिक्षकलाई नियन्त्रणमा लिई इप्रका दमकमा राखिएको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीहरुले आरोपित शिक्षकहरुलाई पक्राउको माग गर्दै बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरीगञ्ज पुगेका थिए । विधार्थीको माग वेवास्था गर्दै पक्राउ गर्न ढिलाई गरेपछि आक्रोसित आफन्त र मृतकका साथीहरुले शिक्षक पवन दासको घरमा तोडफोड समेत गरे ।

घटनाबारे गौरीगञ्ज माविका प्रधानाध्यापक गोबिन्द घिमिरेले आफु विधालय बाहिर भएको जानकारी दिएका छन् । उनले आफु काठमाण्डौमा रहेको र प्राप्त जानकारी अनुसार शिक्षक दासले विधार्थीलाई सामान्य कुटपिट मात्र गरेको प्रतिकृया दिए । यता, निमित्त प्रअ कर्मा शेर्पाले समेत शिक्षक दासले सामान्य कुटपिट मात्र गरेको दावी गरेका छन् ।

 

प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]