जेष्ठ १, २०८१ मंगलबार

दुर्गा प्रसाईंको महाअभियानको उद्घाटन गरे लगत्तै फर्किए पूर्व राजा

मेचीनगर । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको उद्घाटन गरेका छन् । दियो बालेर र परेवा उडाएर उक्त अभियानको उद्घाटन गरे लगत्तै उनी कार्यक्रम स्थतलबाट फर्किएका थिए ।

सोमबार मेचीनगर ६ प्यारिभिट्टामा आयोजित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको उद्घाटन समारोहमा देशभरबाट आएका हजारौं मानिसहरुको भिडबाट उक्त अभियानको सुरुवात गरिएको छ ।

उक्त उद्घाटन समारोहमा पूर्व राज परिवारका कोमल शाह, पारश शाह र शिताष्म शाह समेत सहभागीता रहेको थियो ।

दिउँसोको २ बजे कार्यक्रम स्थलमा आइपुगेका शाह परिवार करीब आधा घण्टा मात्रै कार्यक्रम स्थलमा बसेका थिए ।

 

प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]