जेष्ठ ५, २०८१ शनिबार

दुर्गा प्रसाईको ‘नागरिक बचाऔं अभियान’ मा पूर्वराजाको समर्थन

काँकडभिट्टा । विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले आयोजना गरेको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाऔं महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहले उपस्थिति जनाउदै समर्थन जनाएका छन् । ‘नागरिक बचाऔं महाअभियान’ को उद्घाटन नै पूर्वराजाको हातबाट गरिएको छ । दीप प्रज्ज्वलन गर्दै पूर्वराजा शाहले महाअभियानको उद्घाटन गरेका हुन् ।

नागरिक बचाऔं महाअभियानमा पूर्वराजा शाह आफ्नो परिवारसहित उपस्थित भएका थिए । पूर्वराजा शाहले शान्तिको प्रतीक सेता परेवाको जोडी समेत उडाए । उद्घाटनमा केहीबेर बसेर पूर्व राजा शाहसहित उनको परिवार कार्यक्रमस्थलबाट बाहिरिएको थियो ।

 

पूर्वराजा शाहले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए तापनि सम्बोधन भने गरेनन् । प्रसाईको महाअभियानमा उपस्थित भई पूर्वराजा ज्ञानेन्द्र शाहले समर्थन जनाएका छन् ।

मुलुकमा परिवर्तन आएपनि जनताको जीवनमा परिवर्तन नआएको भन्दै प्रसाईले स्वतन्त्र नागरिक अभियानको थालनी गरेका हुन् । उनले ठुलो श्रमशक्ति विदेशिएको भन्दै देशमा रहनेहरुले समेत गरी खान नसक्ने अवस्थाको निर्माण भएको बताए । सम्बोधनका क्रममा प्रसाईले व्यवस्था र अवस्था बदल्न महाअभियानको थालनी गरेको बताएका थिए । हजारौं सर्वसाधरण नागरिकको सहभागिता रहेको कार्यक्रममा उनले जनतामाथि अत्याचार भइरहेको बताए । बैंक तथा वित्तीय संस्थाहरुको अत्याचार बढ्दै गउको उनको भनाई थियो ।

देशमा संस्कृति हरायो, देशका युवाहरु हराइसके भन्दै उनले गणतन्त्र काम छैन भन्ने अवस्थामा आइसकेको धारणा राखे । यो गणतन्त्रले युवाहरुलाई विदेशिन बाध्य बनायो, प्रसाईले भने – हामीलाई देशमै केहि गर्न सकिने गणतन्त्र चाहिएको हो । राष्ट्रियताको सवालमा जोडले भाषण गरेका प्रसाईको महाअभियानमा स्जतन्त्रसहित विभिन्न दलमा आवद्ध नागरिकहरु समेतको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]