बैशाख १२, २०८१ बुधबार

सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहीबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख दुवै जना झापा क्षेत्र नम्बर २ बाटै रहेका कारण यो गौरव र ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता रहने जनाइएको छ ।

सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्ष तर्फ र उपसभामुख राना मगर रास्वपा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]