जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडको बुधबारे हटिया ३५ दिनभित्र खाली गराउने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया (देवीहाट) को संरचना खाली गर्ने भएको छ । एक सूचना जारी गर्दै ३५ दिनभित्र घर, टहरा खाली गर्न अनुरोध गरेको छ ।

बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको कृषिथोक उत्तरमा रहेको बुधबारे हटियामा बहुतले व्यवसायिक भवन निर्माण गर्ने योजना अनुरुप घर, टहरा खाली गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले जानकारी दिए । बुधबारे हटियामा बहुतले व्यवसायिक भवन निर्माणका लागि डीपीआर अघि बढाउने प्रक्रिया शुरु गरिएको न्यौपानेले बताएका छन् ।

बिर्तामोड–५ मा रहेको बुधबारे हटियामा ७० वटा घर, टहरा रहेका छन् । बिर्तामोड नगर कार्यपालिकाको माघ २७ गते सम्पन्न कार्यपालिका बैठकले घर टहरा खाली गराउने निर्णय गरेको थियो । नगरपालिकाले ३५ दिन भित्र खाली गर्न प्रकाशन गरेको सूचना अन्तिम पटकका लागि भएको जनाएको छ ।

स्थानीय राजनीतिक दलहरुको लिखित सुझाव र सहमतिका आधारमा बुधबारे हटियालाई व्यवस्थित बनाउन लागिएको हो । दलहरुकै सुझावमा कार्यपालिकाले घर, टहरा खाली गर्ने निर्णय गरेको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताईन् । उनले बजारलाई व्यवस्थित गर्न नयाँ संरचना बनाइने जानकारी दिइन् ।

वर्षौ पुरानो बुधबारे हटिया नगरका अन्य बजारको तुलनामा अव्यवस्थित छ । नगर प्रमुख भन्छिन्, अब नगरले भव्य भवन बनाउने छ, त्यहाँबाट व्यापारीहरुले व्यवसाय गर्नु हुनेछ ।

१ विगा ३ कठ्ठा जमिनमा रहेको बुधबारे हटिया दाताहरुको सहयोगमा सुरु भएको थियो । अहिले नगरले आफ्नै स्वामित्वमा राखेर आवश्यक रेखदेख गर्दै आएको छ । सो क्षेत्रमा नगरको अनुमति बेगर जग्गा अतिक्रमण गरेर घर हटरा समेत बनाइएका छन् भने व्यवसायिक प्रयोजनका संरचनाहरुको भित्रि किनबेच समेत चलिरहेको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]