जेष्ठ ६, २०८१ आईतबार

मैत्रीपूर्ण फुटबलमा बिर्तामोडका कर्मचारी विजयी

बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटवलको आयोजना गरेको छ । ७० औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति (NLF) झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरिय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो ।

डोमालाल राजवंशी रंगशालामा नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटवलमा कर्मचारी विजयी भएका छन् ।

खेलमा निर्धारित ५० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि नतिजाकालागी टाईब्रेकर भएको थियो ।टाईब्रेकरमा ३-२ गोल अन्तरले विर्तामोड नगरपालिकाका कर्मचारी विजयी भएको हो । विजेता र उपविजेता टोलिका खेलाडीहरुलाई मेडल बितरण गरिएको थियो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो ।
कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं भन्ने मुख्य नाराका साथ मनाईएको यस वर्षको कुष्ठरोग दिवसका अवसरमा नगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमसंगै फुटवल खेलकोसमेत आयोजना गरेको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]