चैत्र १६, २०८० शुक्रबार

शिवसताक्षीमा १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बाल निकुञ्जले जित्यो

शिवसताक्षी । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तैगरी भगवती माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ ।

दोस्रो स्थान हासिल गरेसँगै भगवती माविले ७ स्वर्ण, ६ रजत र १ काश्य गरी जम्मा १४ पदक हात पारेको छ । रनिङ शिल्ड प्रतियोगितामा लालपानी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । लालपानी माविले ५ स्वर्ण, १ रजत र ३ काश्य गरी ९ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

रनिङ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यालय तथा खेलमा सहभागी हुने विद्यार्थीहरुलाई झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरेको थिए ।

कार्यक्रममा बोल्दै सांसद साँवाले स्वस्थ्य जीवन र स्वस्थ्य नागरिक निर्माणका निम्ति खेलमा अपरिहार्य भएको बताए । आज विद्यार्थी भाई बहिनीहरु भविष्यमा देश हाक्ने भएकाले स्वथ्य जीवनका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाए ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले रनिङ शिल्ड प्रतियोगितामा जिल्ला खेलकुदले दिएको तालिकाले गर्दा सबै विधा समावेश गर्न नसकिएको बताए । आउँदा वर्षहरुमा राष्ट्रपति रनिङ शिल्डमा खेल तालिका परिवर्तन गर्न लगाई लोकप्रिय खेल फुटबल, क्रिकेटहरु पनि खेलाइने उनको भनाई थियो ।

शिवसताक्षीको नगरस्तरीय दूधे रंगाशालामा सम्पन्न रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीका २६ वटा विद्यालयले सहभागिता जनाएको थिए भने, १९ वटा विद्यालयले पदक प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रममा शिवसताक्षीका स्काउट विद्यार्थीहरु मार्च पास गर्दै अतिथिहरुलाई सम्मान गरेका थिए । फागुन २ गतेबाट सञ्चालन रनिङ शिल्ड प्रतियोगिता ४ गते समापन गरिएको हो । छोटो समय स्तरीय नगर भित्रका २६ विद्यालयहरुलाई समावेश गरी नतिजा निकाल्न सफल भएको राष्ट्र रनिङ शिल्ड प्रतियोगिताका संयोजक भगवती माविक प्रधानाध्यापक रमेश कुमार दाहालले बताए ।

प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]