जेष्ठ ५, २०८१ शनिबार

सभामुखद्वारा सुखानीका शहिदलाई माल्यार्पण

बिर्तामोड । सभामुख देवराज घिमिरेले सुखानीका शहिदहरुलाई माल्यार्पण गरेका छन् । आज बिहान अर्जुनधारा ११ स्थित सुखानी पार्क पुगेर शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका हुन् ।

आजै बिहान सभामुख घिमिरेलाई बुद्धशान्ती गाउँपालिकाले सम्मान गरेको छ । अहिले अर्जुनधारा नगरपलिकामा सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गर्ने कार्यक्रम जारी छ । दुबै जना अर्जुनधारासी हुन् ।

अर्जुनधाराको सम्मान कार्यक्रम पछि सभामुख घिमिरे बिर्तामोडमा आयोजित अन्तरास्ट्रिय व्यापार महोत्सवको उद्घाटन गर्न सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  ११ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]