जेष्ठ ५, २०८१ शनिबार

गृहनगर अर्जुनधारामा सभामुख घिमिरे र उपसभामुख राना सम्मानित

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नवनिर्वाचित सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ ।

सभामुख घिमिरे यसै अर्जुनधारा नगरपालिका वडा नम्बर ६ र उपसभामुख राना वडा नम्बर ११ निवासी हुन् । दुबै जनालाई एक समारोहका बिच गृह नगर अर्जुनधाराले सम्मान गरेको हो ।

सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मानपत्र सहित नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत गिता राईले सम्मान गरेका हुन । सम्मानित ब्यक्तित्वको बारेमा निवर्तमान प्रदेशसभा सदस्य बृख प्रधानले प्रकाश परेका थिए ।

कार्यक्रममा उपसभामुख र सभामुखले मन्तब्य राखेका छन् । सम्मान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजिक संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधि सहित नगरबासीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  १२ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]