जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडको कागज उधोगमा ड्रम पड्किदा एकको मृत्यु

बिर्तामोड । नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर–७ का अध्यक्ष कृष्णप्रसाद खरेल अविरलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा भएको बिष्फोटमा परी त्यहाँ कार्यरत मजदुर सरोज सुन्दासको मृत्यु भएको हो । उद्योगमा सुन्दास लोक्ता पकाउने प्राविधिकका रुपमा कार्यरत थिए । घटनामा अन्य तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

घटनामा परेर खोटाङको मानेभन्ज्याङ गाउँपालिका–३ घर भएका १९ वर्षीय सुन्दासको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रवक्ता अग्निप्रसाद पाण्डे लगायतको टोलीले घटना स्थलमा पुगेर जानकारी समेत लिएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]