जेष्ठ ५, २०८१ शनिबार

झापाबाट अनेरास्ववियुको सचिवमा ताम्लीसहित पाँच जना निर्वाचित

बिर्तामोड । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट झापाबाट मनोज ताम्ली सचिवमा निर्वाचित भएका छन् । ताम्लीसहित झापाबाट पाँच जना निर्वाचित भएका हुन् ।

अनरोस्ववियुको शुक्रवार विहान सम्पन्न मत परिणाम अनुसार ताम्ली सचिवमा निर्वाचित भए भने स्थायी कमिटी सदस्यमा कमल पौडेल, केन्द्रीय सदस्यहरुमा रोशन लामा, कृतिज्ञा गौतम र रोशन उपाध्याय निर्वाचित भएका छन् ।
नेकपा (एमाले) निकट अनेरास्ववियुको महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भए । महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भएका छन् ।

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार  १२ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]