असार ३, २०८२ मंगलबार

पूर्व कर्मचारीबाट दुगडको हत्या

बिर्तामोड । मनषा सिमेन्टमा कार्यरत व्यवस्थापक कमलसिंह दुगड हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । दुगडको गत माघ १२ गते हत्या भएको थियो । उधोग परिसरमै हत्या गरी हातखुट्टा बाँधेर फ्यालिएको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले अनुसन्धान अन्तिम भएको जानकारी दिएका छन् । उनले हत्याराको पहिचान भइसकेको र अब भारतको विधानसभाको निर्वाचन पछि हत्यारा सार्वजनिक गर्न सकिने बताएका छन् । अनुसन्धान सकियो, हालसम्मको अनुसन्धानले हत्यारा पहिचान भइसकेको छ, श्रेष्ठले भने – हत्यारा भारततिर भागेको कारण चुनावपछि मात्र पक्राउ गर्ने योजना छ । भारतीय सुरक्षा अधिकारीसँग समन्वय भइसकेको छ । उनका अनुसार चुनाव लगत्तै पक्राउ गरेर सार्वजनिक गरिने छ ।उधोगभित्र भएको हत्याको घटनालाई प्रहरीले अनुसन्धान ढिलाई गरेको आरोप लागिरहेको बेला प्रहरीले भने अनुसन्धान लगभग सकेको जनाएको छ । प्रहरीले उधोगभित्रै कार्यरत मजदुरको पोलिग्राफ समेत परीक्षण गरेको थियो । अनुसन्धानकै क्रममा दुगडले प्रयोग गर्ने मावाईल भेटिएपछि अनुसन्धान लम्बिएको प्रहरीको भनाई छ । हामीले अनुसन्धानमा कुनै कसर बाँकी राखेका छैनौ, रोकिएको पनि छैन– श्रेष्ठले भने घटनाको प्रकृति अनुसार अनुसन्धान लम्बिएको हो ।

प्रहरीले घटनामा उधोगभित्र काम गर्ने पूर्व कर्मचारी नै रहेको जनाएका छन् । अनुसन्धानका क्रममा दुईविचको रिसिवीले हत्याको घटना भएको खुलेको छ । प्रवक्ता श्रेष्ठले भने, यो सबै अदालतले प्रमाणित गरेपछि आधिकारिक मानिनेछ । भारतको विशाखा पटनम् घर भएका ६६ वर्षीय दुगड विगत २ वर्षदेखि सो भद्रपुर–९ स्थित सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । घर जाने तयारी गरिरहेको बेला उनको हत्या भएको थियो ।

प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]