जेष्ठ ५, २०८१ शनिबार

महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

बनियानी । झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ । महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । समाजसेवी स्व पर्शुराम अग्रवालको परिवारले रू पाँच लाख ५० हजारको लागतमा कारागार परिसरमा शिवालय मन्दिर निर्माण गरिदिएको छ ।

निर्माण थालनी गर्ने पर्शुराम अग्रवालको निधन भएपछि परिवारका तर्फबाट मन्दिर निर्माण गरिएको कान्छा भाइ गोपाल अग्रवालले बताउनुभयो । मन्दिर उद्घाटन कार्यक्रममा झापा कारागार प्रशासनले स्व अग्रवालकी धर्मपत्नी मञ्जुदेवीसहित मन्दिर निर्माणकर्ता परिवारलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार  १ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]