जेष्ठ ५, २०८१ शनिबार

कोरियन भाषा परीक्षामा ३४५३ जना उत्तीर्ण

बिर्तामोड । कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३ हजार ४ सय ५३ जना उत्तीर्ण भएका छन् ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत माघ १८ देखि फागुन ५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो ।
परीक्षामा सहभागी १० हजार ३ सय ९८ जनामध्ये ३ हजार ४ सय ५३ परीक्षार्थी उत्तीर्ण भएका हुन् । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको यही फागुन ८ गते भैँसेपाटीमा सीप परीक्षण हुने ईपीएस शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार  २ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]