बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोडको घटना : छोरी बलात्कार भएपछि ज्यान जोगाउन डेरा सरे पीडित

बिर्तामोड । झापाको बिर्तामोडमा छोरी बलात्कार भएपछि बुबा आमाले लुकेर बस्नु परेको छ । बैशाख २ गते छोरी बलात्कार भएपछि न्यायका लागि दौडिरहेका असाय बुबा आमा आफ्नो सुरक्षाको लागि बस्दै गरेको घर छोडेर नयाँ डेरामा सरेका छन् । बिर्तामोडको किराँत चोकमा बसिरहेका उनीहरु अहिले नयाँ डेरामा सरिसके ।


उनीहरुले न्याय माग्दै गर्दा पीडक परिवारबाट सुरक्षा महसुस नगरेपछि डेरा नै सर्नु परेको जानकारी दिए । मामा घर बसेर अध्ययन गर्दै आएकी ६ वर्षीया बालिकालाई घर आएको समयमा स्थानीय प्रकाश तोलाङ्गीले बलात्कार गरेको आरोप छ । बच्चालाई अजिना किन्न पठाएको बेला तोलाङ्गीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी हालिएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा परिवारले किटानी जाहेरी दिएका छन् । तोलाङ्गी हिरासतमा थुनामा राखिएको छ ।
घटना भएको दुई हप्ता भइसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । बिर्तामोड –५ का तोलाङ्गीलाई बचाउँ गर्न बाहिरी पक्षले सहयोग गरिरहेको बालिकाका बुवाले जानकारी दिए ।

हामीलाई पीडक मार्फत भेट्न बोलाइन्छ, बुबाले भने – प्रभावित बनाएर घटना मिलाउने प्रयास भइरहेको छ । पीडित परिवारले घटनाको स्वास्थ्य रिपोट हेर्न नपाएको गुनासो समेत गरेका छन् । प्रहरीले आफुहरुलाई रिपोट हेर्न नमिल्ने भन्दै स्वास्थ्य परिक्षण बारे आलटाल गरेको जानकारी दिए ।
अहिले पीडित परिवारलाई बस्दै गरेको घरबाट पनि निकालिएको छ । दुवै जना अशक्त छन् । उनीहरुलाई घरवेटीले यहाँ सुरक्षा नहुने, भोलीका दिनमा घरमा तोडफोड हुन सक्ने भन्दै अन्यत्र सर्न सल्लाह दिएका कारण आफुहरु लुक्न कै लागि डेरा सरेको पीडित परिवारको भनाई छ । हल्दिवारी –१ गोल्धाप घर भएका उनीहरु दुवै जना बिर्तामोडमा मजदुरी गरिरहेका छन् ।

श्रीमान विधालयको सुरक्षा गार्ड थिए, उनलाई अहिले निकालिएको छ भने श्रीमति बिर्तामोडकै एक अस्पतालमा सरसफाईको काम गर्दै आएकी छन् ।


बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट हालसम्म सार्वजनिक नभएपछि घटना मिलाउने प्रयास भइरहेको पीडित परिवारको आरोप छ । हाम्रो बच्चामाथि अपराध भएकै हो, अपराध गर्नेलाई कारवाही हुनैपर्छ– बालिकाको बुबाले भने ।


यता, इप्रका अनारमनीका प्रमुख डीएसपी सुवास खड्काले आरोपीलाई जवरजस्ती करणीमा मुद्दा चलाइएको जानकारी दिएका छन् । उनका अनुसार अहिले अनुसन्धान चलिरहेको छ, दोषी हो वा होइन न्यायलयले छिनोफानो गर्नेछ ।

प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार  ३ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]