चैत्र १५, २०८० बिहीबार

ग्यास सिलिण्डर सुरक्षित प्रयोग गरौं

सम्पादकीय
ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी सख्त घाइते भए । सोही घटनाका कारण आमाको ज्यान नै गयो । अहिले उनको भारतमा उपचार भइरहेको छ । बेलाबेला भइरहने यो घटनाले मानवीय क्षति समेत गरिरहेको छ । घटना भएको समय चासो राखिए पनि अन्य समयमा ग्यास सिलिण्डर प्रयोगमा आवश्यक सुरक्षा अपनाइएको पाइदैन । ग्यास सिलिण्डर प्रयोगमा विशेष सुरक्षा अपनाउन जरुरी छ । आधारभुत सुरक्षाका बारेमा जानकारी नराख्ने हो भने कुनै पनि बेला दुर्घटनामा पर्न सकिन्छ ।

अहिले प्रायः सबैको घरमा ग्यास सिलिण्डर हुन्छ । दाउराको युगबाट गाउँ, शहरका नागरिक ग्यास प्रयोग गर्ने ठाउँमा आइसकेका छन् । अति विपन्न परिवारमा पनि ग्यास प्रयोग हुने गरेको छ । तर, यसको प्रयोगमा सुरक्षा सतर्कता पाइदैन । प्रयोगका बारेमा मात्रै चासो छ । अब, यसबाट हुन सक्ने संभावित जोखिमबाट सुरक्षित हुन अनिवार्य छ । त्यसका लागि घरको सिलिण्डरको सुरक्षाबारे उपभोक्ता जानकार हुनुपर्छ । त्यसबाट हुने क्षति रोक्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ ।

आफ्नो भान्सामा रहेको ग्यासको जोखिम कम गर्न डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा गुडाउन हुदैन । डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्नुपर्छ । भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्नुपर्छ । कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग गर्न हुदैन । ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ । ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने गरौं । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने गरौं । खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गरौं । खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला राख्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने गरौं । यि उपाय मात्रै अपनाउन सकियो भने धेरै सुरक्षित हुन सकिन्छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]