बैशाख ३१, २०८१ सोमबार

जनमत सुनिश्चित गर्न मिसन ग्रासरुट अभियान : रायमाझी

ग्रासरुट अभियान मार्फत झापाको १३१ वडामा जाँदै एमाले

बिर्तामोड । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच वर्षपछि हुने तीनै तहको निर्वाचनमा ५१ प्रतिशत जनमत सुनिश्चित हुने गरी क्रियाशिल हुन आग्रह गरेका छन् ।

नेकपा एमाले झापाको छैटौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै रायमाझीले पार्टीको मिसन ग्रासरुट अभियान त्यसैमा केन्द्रीत गर्न आग्रह गरेका हुन् ।

बुधबार बसेको बैठकमा निर्देशनात्मक मन्तब्य राख्दै सचिव रायमाझीले पार्टीका सबै तहका कमिटीहरुलाई पुनः ताजगी गराउन मिसन ग्रासरुट अभियान अघि सारिएको बताए । उनले जनमत सुनिश्चित गर्न अभियानले आधार तयार गर्ने धारणा राखेका थिए ।

पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको पार्टी सुदृढिकरण अभियान ‘मिसन ग्रासरुट’सँग सम्बन्धित रहेर बैठक सञ्चालन गरिएको थियो । जिल्लाका १३१ वडामा यसै साताबाट केन्द्रित गरिने अभियान सञ्चालनका लागि पार्टी जिल्ला कमिटीको सिङ्गो टिमलाई बैठकमार्फत् अनुशिक्षण गरिएको हो ।

बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले नेकपा एमालेको वैचारिक बाटो सुस्पष्ट भएकोले जनताको बहुदलीय जनवादको मार्गबाटै समाजवाद तर्फ यात्रा गर्न सकिने बताए ।

बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा झापाका इन्चार्ज अग्नि खरेल, प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले विषय केन्द्रित धारणा राखेका थिए । बैठकमा जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीले कार्यसूची प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]