जेष्ठ १, २०८१ मंगलबार

ताप्लेजुङको सम्मान ग्रहण गर्दै सभामुख घिमिरेले भन्नुभयो : ताप्लेजुङको विकासमा म सँगै छु

काठमाडौं । सभामुख देवराज घिमिरेलाई ताप्लेजुङबासीको तर्फबाट ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको छ ।

भक्तपुरको गुण्डुमा भएको बनभोज कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सभामुख घिमिरेलाई सम्मान गर्नुभएको हो । बनभोजमा काठमाडौंमा बसोबास गर्दै आएका ताप्लेजुङ स्थायी घर भएका दुई हजार भन्दा बढीको उपस्थिति थियो ।

सभामुखको जन्म ताप्लेजुङको सिकैचामा भएको थियो ।

कार्यक्रममा सभामुख घिमिरेले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पनि ताप्लेजुङबासीले सम्मान गरेको स्मरण गर्दै जिल्लाको विकासका लागि आफू पनि सँगसँगै हिँड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनताको जीवनमा परिवर्तन नभएसम्म, भौतिक निर्माणले मात्रै प्रगति मान्न नसकिने समेत धारणा राख्नुभयो ।

सभामुख घिमिरेले सबैको सहयोगबाट निष्पक्ष र तटस्थ रहेर संसद् सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]