जेष्ठ ६, २०८२ सोमबार

एमालेले छाड्यो प्रचण्ड नेतृत्वको सरकार

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेकोले एमालेले सरकारबाट बाहिरिएको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन् । उनले भने ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले आइतबार मात्रै परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरिदिएका थिए ।

प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पार्टी पुगेको पौडेलले बताए ।

नेता पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]