जेष्ठ ६, २०८२ सोमबार

पिन झापाको अध्यक्षमा वसन्त शिवाकोटी

बिर्तामोड । नेकपा एमाले निकट इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को झापा जिल्ला अध्यक्षमा वसन्त शिवाकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।

फागुन १३ गते नेकपा एमालेको झापा जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको पिनको दोस्रो जिल्ला अधिवेशनबाट शिवाकोटीको नेतृत्वमा ११ सदस्य समिति निर्वाचित भएको छ । पिनको जिल्ला अपाध्यक्षमा रोशन भट्टराई, सचिवमा विक्रम घिमिरे, सहसचिवमा भिजन भण्डारी तथा कोषाध्यमा प्रकृति ढुंगाना सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा अनिल अधिकारी, सुमन ओली, दिवस ओली, साजन साम्पाङ निर्वाचित भएका छन् साथै बाँकी दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट छनोट हुने नवनिर्वाचित सहसचिव भिजन भण्डारीले जानकारी दिए ।

जिल्ला अध्यक्ष कृष्ण निरौलाको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला थेवेको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिको रुपमा पार्टीको लेखा आयोग सदस्य जसमाया गजमेरको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको खुल्लासत्रको कार्यक्रम सचिव परिवेश फुयालले सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]