प्रदेश १ को नाममा एसपा र जसपाको प्रस्ताव ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’
विराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।
यसअघि कांग्रेस र एमालेले संयुक्त रूपमा झकोशी प्रदेशञ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुईवटा नाम सदनमा प्रस्ताव हुने भएको हो । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गर्नुभएको थियो ।
६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।