जेष्ठ ६, २०८२ सोमबार

नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने गरी कांग्रेससहित आठ दलीय गठबन्धनमा आबद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आउनुभएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार  २ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]