जेष्ठ ६, २०८२ सोमबार

नेम्वाङलाई राष्ट्रपतिमा भोट माग्न अध्यक्ष ओली पुगे वामदेव निवासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुग्नुभएको छ ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आउनु भएको छ । राष्ट्रपतिमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उहाँको निवास पुग्नुभएको हो ।

यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेख्नु भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार  ३ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]