जेष्ठ ५, २०८१ शनिबार

एमाले झापाको उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग

बिर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रा श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । श्रेष्ठसहित सहित चारजनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले एमाले परित्याग गरेको जनाएका छन् ।

पार्टीमा व्यक्तिवाद हाबी भएको, झापा ३ राप्रपालाई जिम्मा लगाएर एमाले कार्यकर्तामाथि दमन गरिएको तथा आफू उपसचिव भए पनि पदाधिकारी बैठकमा समेत नबोलाइएको श्रेष्ठले बताएकी छन् । तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने समेत उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ५ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]