बैशाख १४, २०८१ शुक्रबार

सम्पादकीय : भिटेन पक्राउको संन्देश – छाडातन्त्रको नियन्त्रण

पछिल्लो समय चर्चामा रहेका र्यापर समिर घिसिङ ‘भिटेन’ आफ्नै गितको कारण पक्राउ परे । युवापुस्तामा रुचाइएका गायक भिटेन पक्राउबारे विभिन्न टिकाटिप्पणी शुरु भएको छ । उनका समर्थकले भिटेनको बचाउ गरिरहेका छन् । तर, सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेका छन्, उनको गित परिवारसँग बसेर सुन्न लायक छैन । नेपाली गित संगितको क्षेत्रमा बढ्दै गएको विकृतिको एउटा रुप पनि भिटेनको गित हो । अश्लील शब्द प्रयोग गरेर गाएको गितले नेपाली गित संगितको क्षेत्रमा विकृति बढ्दै गएको स्पष्ट हुन्छ । गितमा गाँजा खाएको, यौनसम्पर्कका कुरा र अश्लील शब्दको प्रयोग गरिएको पाइन्छ ।

भिटेनको गित अनुसार उनलाई पक्राउ गर्नु स्वभाविक छ । किनभने, गितसंगित छाडा सन्देश दिने गरीको हुनु हुदैन । तर, पनि उनको गितमा युवा पुस्ता झुम्मि रहेका छन् । यसले नेपाली समाजमा युवा पुस्ताको वर्तमान अवस्थालाई जनाएको छ । नेपालको गित संगितको आफ्नै पहिचान छ । गायनको क्षेत्रमा नाङ्गो प्रबृत्ति स्वीकार्य हुदैन । भिटेन मात्र होइन , दुई दिनअघि अर्का नवचर्चित गायक दुर्गेश थापा पनि पक्राउ परे । उनले भिडियोमा तिहारकै अपहेला गर्ने गरी गाएका थिए । हेप्पी तिहार, चिसो वियर भन्दै तिहारकै अपहेलना गरेका थिए ।

दुई गायकको पक्राउले गित संगित प्रति सरकार गम्भीर भएको सन्देश दिएको छ । नेपाली कला, संस्कृतिप्रति सरकारको संवेदनशीलता सम्मानयोग्य छ । लोकतन्त्रमा स्वतन्त्रता छ, तर स्वतन्त्रताको नाममा छाडातन्त्र बन्न पाइदैन । कुनै पनि क्षेत्रमा भएको छाडातन्त्र नियन्त्रण गरिनुपर्छ । त्यो राज्यको दायित्व हो ।

वर्तमान सरकार कानुनी राज्यको अभ्यासमा लागेको केहि घटनाले पुष्टि गरिरहेको छ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा, नेपाली कांग्रेसका नेता मोहम्मत अफ्ताव आलम लगातयलाई कानुनी दायरामा ल्याएर सरकारले कानुनी राज्यको महसुस गराएको छ । शक्तिमा रहेकाहरु पनि धमाधम पक्राउ परेको घटनाले सरकार कोहि पनि अपराधीको बचाउँमा नरहेको आम नेपालीमा सन्देश दिएको छ । जो होस्, कानुनभन्दा माथि कोहि छैनन् ।

प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]