जेष्ठ ६, २०८१ आईतबार

शिवसताक्षीमा एमालेको मिसन ग्रासरुट अभियान सञ्चालन

शिवसताक्षी । शिवसताक्षीको दूधेमा नेकपा एमाले नगर कमिटीको आयोजनामा ग्रासरुट अभियान अन्तर्गत एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष मेगाहाङ्ग थोप्राले पार्टीको भातृ संगठन र तल्लो स्तरका कार्यकर्ताहरुसँग माथिल्लो तहका नेता तथा कार्यकताहरुलाई जोडी संगठन चुस्त र दर्विलो संगठनका लागि विकास गर्न ग्रास रुढको अभियान सञ्चालन गरेको बताए ।

हिजो चुनाव ताका कहाँ के भयो, र त्यसको परिणम के आयो भन्ने विषयमा छलफल गर्दै अब पार्टीले नयाँ कार्यदिसाका साथ सबै संगठन परिचालन गर्न पनि यसले सहयोग गर्ने बताए ।

नेकपा एमाले झापा जिल्ला कमिटी अध्यक्ष दिपककुमार कार्कीले पार्टीले अब नयाँ चिराबाट अगि बढ्न सबै तह र तप्काका कार्यकर्ताहरुलाई सुझाएका थिए । नेकपा एमाले विरुद्ध सबै पार्टी एक भएर हमला गरिरहेको अवस्थामा पनि दोस्रो ठूलो दलका रुपमा आएको र लोकप्रिय मत नेकपा एमालेले नै प्राप्त गरेकाले अबका चुनावमा कुनै पार्टी पनि एमालेसँग एक्लै लड्न हिम्मत नहुने जानकरी दिए ।

हामीले गएको चुनावमा हाम्रै केही कमजोरीका कारण केही स्थानमा पराजय भोग्न बाध्य भएका छौ । उनलेभने, अब पार्टीको माथिल्लो कमिटी र तल्लो कमिर्टीलाई सक्रिय गराई पार्टी शुद्धिणीकरणलाई तिब्रता दिने बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य भगवती चौधरीले नेकपा एमालेको केन्द्रिय कमिटीको निर्णय अनुसार देशैभर मिसन ग्रास रुढ सञ्चालन भइरहेको बताइन् । उनले एमाले सबै कार्यकर्ताहरुलाई यस अभिभायन सहभागी भएर पार्टीको निर्णयलाई आत्मसाथ गर्दै उभिन आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एमाले कोसी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने, प्रदेश कमिटी सदस्य होमबहादुर थापा लगायत प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी, वडा कमिटीका अध्यक्ष तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम शिवसताक्षी नगर अध्यक्ष मेगाहाङ्ग थोप्राको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]