जेष्ठ ६, २०८१ आईतबार

प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।’

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]