बैशाख १३, २०८१ बिहीबार

चारआली डिपोमा पक्राउ गरिएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ ।

नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ ।

डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने चाहिं नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उपाध्यायले बताए ।

‘२० हजार लिटर क्षमताका चार वटा ट्यांकरमा ढुवानी गरेर ल्याइएको ट्यांकरमा मिसावट पुष्टि भएको छ’ प्रवक्ता उपाध्यायले भने, ‘के मिसाइएको थियो भन्ने नखुलेका कारण थप परीक्षणका लागि भारत पठाउने तयारी गरिरहेका छौं ।’

मिसावट पुष्टि भएपछि चार वटै ट्यांकर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले बताए । निगमको ढुवानी विनियमावलीअनुसार कम्तीमा ६ महिनाका लागि इन्धन ढुवानी इजाजत निलम्बन गर्नेगरी कारबाही अघि बढेको निगमले जनाएको छ ।

गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो । आईओसीको सिलगडी डिपोबाट लोड गरिएको मे. १ ख २१४९, मे. १ ख २१५१, ना. ७ ख १५०७ र ना. ७ ख ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको पाइएको थियो ।

आयल निगमले ८२० देखि ८५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।

प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]