जेष्ठ २७, २०८० शनिबार

सुशिल धिताल बने रिटर्नी मेचीनगरको अध्यक्ष

मेचीनगर । नेकपा एमालेको बैदेशिक रोजगारीबाट फर्किएकाहरुको संगठन रिटर्नी फेड़ेरेसनको प्रथम मेचीनगर अधिवेशनले सुशिल धितालको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति गठन गरेको छ ।

नेकपा एमालेको काँकरभिट्टास्थित पार्टी कार्यालयमा आइतवार सम्पन्न अधिवेशनको प्रमुख अतिथिको रुपमा एमाले केन्द्रीय सदस्य रविन कोइरालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि रिटर्नी फेड़ेरेसनका प्रदेश सचिव धर्मेन्द्र खड्काले रिटर्नी अभियानका बारेमा प्रष्ट्याउनु भएको थियो भने एमालेका जिल्ला कमिटी सचिवालय सदस्य टीका मग्रांतिले मन्तव्य व्यक्त गरेका थिए ।

फेड़ेरेसनका नगर इञ्चार्ज बलराम अर्यालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन गीता खरेलले गरेकी थिइन् ।

समितिको उपाध्यक्षमा डालिन थापा, सचिवमा श्याम चम्लागाई, सहसचिव अनिल शिवाकोटी, कोषाध्यक्ष कल्पना थापा, सदस्यहरुमा सन्तोष तामाङ, मोहन सुब्बा, बुद्धिप्रसाद बास्तोला, रमेश भट्टराई जितेन शेर्पा, मनोज सुब्बा, बालकृष्ण बाराकोटी, सन्तोष काफ्ले, विकास बस्नेत, भुवन कोइराला, सञ्जय श्रेष्ठ, गगन श्रेष्ठ, बिजय राजबंशी, सीता थापा मगर, तारा तिवारी, विष्णु कार्की, रोहित कट्टेल र अर्जुन गुरुङ सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास

इजलास मिडिया प्रा. लि. द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सम्पादक : छेत्रलाल राजवंशी
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६३५०२८