बैशाख ६, २०८१ बिहीबार

काँकरभिट्टा क्याम्पसमा अनेरास्ववियुले बुझायो विज्ञप्ति

काँकरभिट्टा । क्याम्पसले एकलौटी ढंगले मतदाता नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियुले काँकरभिट्टा क्याम्पसमा विज्ञप्ति बुझाएको छ ।

फागुन १९ गते क्याम्पस प्रशासनले त्रिविको स्ववियुृ निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै विद्यार्थी भर्ना गरेसँगै अनेरास्ववियु आन्दोलित भएको थियो । अनेरास्ववियु आन्दोलित भएसँगै क्याम्पसले निर्वाचन कार्यक्रमहरु स्थगन गरेको सूचना प्रकाशित गरेको थियो ।

क्याम्पसले पुनः निर्वाचन प्रक्रियालाई अगाडि बढाउन क्याम्पसका दुई दिन अगाडि सर्वपक्षिय छलफल गरेको थियो । उक्त छलफमा अनेरास्ववियुको मागहरु सम्बोधन नभएका कारण अनेरास्ववियुले छलफलमाले गरेको निर्णयमा आप्ति जनाएको थियो ।

क्याम्पसले आज अनेरास्ववियुसँगको छलफल बिनै मतदाता नामावली प्रकाशन गरेकाले अनेरास्ववियु पुनः आन्दोलित बनेको अनेरनस्ववियु काँकरभिट्टाका अध्यक्ष सन्देस पौडेलले जानकारी दिएका छन् ।

अनेरास्ववियुले आचारसंहिता लागु भए पछि भर्ना भएका विद्यार्थीहरुले आउँदै गरेको स्ववियुको चुन्ने चुनिने कार्यक्रममा सहभागि हुन नपाउने माग राखेको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार  १२ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]