बैशाख ८, २०८१ शनिबार

शिवसताक्षीमा फोहोर प्रशोधन मेसिनको सफल परीक्षण

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ । शिवसताक्षी नगरपालिकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परीक्षण गरिएको हो ।

नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ चैत्र १८ गते शिलान्यास गरेको थियो । परीक्षण सफल भएसँगै केही दिनमा विधिवत उद्घाटन गर्ने शिवसताक्षी नगरपालिको तयारी रहेको छ ।
झापा मै पहिलो पल्ट फोहोर व्यवस्थापनका शिवसताक्षी नगरपालिकाले शुरु गरेको फोहोर प्रसोधन केन्द्रको मेसिनको सफल परीक्षण गरिएको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले जानकारी दिए । उनले फोहोर प्रशोधन केन्द्रका लागि नगरपालिकाले २ विगाह १८ कठ्ठा जग्गा खरिद गरी घेराबाराको काम सम्पन्न भएको बताए । हाल फोहोर प्रशोधन मेसिन स्टल गरी सफल परीक्षण गरिएको छ ।

अब फोहोर छुट्याउने चेम्बर टहरा, गाडी पार्किङ्ग, कार्यालय भवन निर्माण गर्न बाँकी रहेको नगरप्रमुख थोप्राले बताए । हालसम्म करिब ३ करोड खर्च भइसकेको छ भने, मेसिनको लागि मात्र १ करोड खर्च भएको नगरप्रमुख थोप्राको भनाई छ । नगरप्रमुख थोप्राका अनुसार फोहोर व्यवस्थापन क्षेत्र भित्र फुलबारी, बगैंचा लगाएर आकर्षक बनाइने योजना रहेको छ ।
शिवसताक्षी नगरपालिकाले फोहोर व्यवस्थापनका सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड लाग्ने डिपिआरमा उल्लेख छ । फोहोर प्रशोधन मेसिनले १ घण्टामा ३ सय किलो फोहारलाई नष्ट गर्ने बताइएको छ । जसमा फलामजन्य बाहेक अन्य सबै प्रकारका फोहोर उक्त मेसिनले नष्ट गर्ने छ ।

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरका फोहोरजन्य सामग्रीहरुको व्यवस्थान सहज हुने भएको छ । नगरपालिकाले फाहोर प्रशोधन केन्द्रको व्यवस्थापन, त्यसमा लाग्ने कर्मचारी, गाडी व्यवस्थापनका लागि फोहोरको प्रकृति हेरी शुल्क निर्धारण गरेको जनाएको छ । नगरप्रमुख थोप्राले नगरका बजारहरुमा संकलन गरिएको फोहारलाई प्रशोधन केन्द्र सम्म ल्याएर व्यवस्थापनका लागि न्यून शुल्क निर्धारण गरिएकोले उक्त शुल्क नगरपालिकामा बुझाउन समेत नगरबासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]