बैशाख २६, २०८१ बुधबार

बिर्तामोडका वडा-वडामा खेलकुद समिति गठन तीव्र

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले वडा खेलकुद समिति गठन प्रक्रियालाई तीव्र रुपमा अघि बढाएको छ । नगर समितिले आज वडा नम्बर १,३ र ४ मा समिति गठन सम्पन्न गरेको हो ।

यसअघि वडा नम्बर २ मा कमला लिम्बुको अध्यक्षतामा समिति गठन गरिसकेको नगर खेलकुद विकास समितिले आज ३ वटा वडाको खेलकुद समिति निर्माण गरेको हो ।

आज गठन भएको वडा नम्बर १ मा अध्यक्ष केशव पोखरेल, उपाध्यक्ष सोमन्त कार्की , केशव रणपहेली सचिब बिमल भट्टराई र सदस्यहरुमा सुभम गोयल, निर्भिक शिवाकोटी, सुरज धिमाल, पुष्कर पाण्डे, मनोज राजबंशी, प्रदिप लिम्बु, हेमन्त प्रसाई रहेका छन् ।

यस्तै वडा नम्बर ३ मा अध्यक्ष अनिश सुवेदी उपाध्यक्ष आश्ना भण्डारी ,सुभास सिटौला, सचिब बप्पा शाह र सदस्यहरुमा शितल फागो, आशा गुरुङ, रोहन पोख्रेल, कृष्ण बाराकोटी, दिनेश अधिकारी, दिपेश राई र बिकास गौतम रहेका छन् ।

यस्तै वडा नम्बर ४ मा गठन गरिएको समितिमा अध्यक्ष भेषराज लिम्बु, उपाध्यक्ष रुपेश मादेन , रेनुका राई, सचिब हेक्की श्रेष्ठ र सदस्यहरुमा अर्जुन संग्रौला, योगेश गुरुङ, आशा लिम्बु, रोशन शाही ठकुरी, रोशन डांगी र समिर आलम रहेका छन् ।

आउँदो आइतबार वडा नम्बर ७, ८ र ९ मा र २९ गते वडा नम्बर ५,६ र १० मा समिति गठन गरिने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]